Logo

नेपालमा सोरेन्टो हाइब्रिड एसयूभी सार्वजनिक गर्दै किया, यस्ता छन् विशेषता

नेपालमा सोरेन्टो हाइब्रिड एसयूभी सार्वजनिक गर्दै किया, यस्ता छन् विशेषता



काठमाडौँ । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले यात्रुलाई भरपुर सुरक्षा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ सोरेन्टो हाइब्रीडमा असाधारण ड्राइभ मोडहरू छन् ।

सातवटा एयरब्याग रहेको यो गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो ईको हाईब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL