Logo

सक्रमणकालिन अवस्थामा नेप्से, ७ अंकले घट्दा १५ करोडमै खुम्चियो कारोबार

सक्रमणकालिन अवस्थामा नेप्से, ७ अंकले घट्दा १५ करोडमै खुम्चियो कारोबार



काठमाडौं । लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक तिहार पछि पनि लयमा फर्किन सकेको छैन । लगानीकर्ताहरु दशैं तिहार पछि बजार बढ्ने आशामा बसेपनि ठिक त्यसको विपरित नेप्से परिसुचक भने ओरालै लयमा रहेको छ ।

लामो समयदेखि वियरिस ट्रेण्डमा रहेको नेप्से परिसुचक सक्रमणकालिन अवस्थामा पुगेको एक लगानीकर्ताले बताए । ‘हामी लगानीकर्ताहरु दशैं पछि नै बजार बढ्छ भन्ने आशामा बसेका थियौं,’ ती लगानीकर्ताले भने, ‘पछिल्लो समय बजार बढ्नुको सट्टा थप सक्रमणमा फस्यो ।’

पछिल्लो समय नेप्से परिसुचक घट्नुका साथै कारोबार रकम समेत घट्दा लगानीकर्ताहरु थप निरास बन्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘सुरुसुरुमा नेप्से परिसुचक घट्दा पनि कारोबार रकम धेरै हुँदा आशा पलाउथ्यो,’ एक लगानीकर्ताले भने, ‘अहिले कारोबार रकम १०÷१५ करोड रुपैयाँमा खुम्चिदा निरास बन्न पुगेका छौं ।’

आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ६ दशमलव ८८ अंकले घट्न पुगेको छ । नेप्से परिसुचक घट्दा दोस्रो बजारमा करिव १५ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । कुल १७ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएकोमा देव विकास बैंकको मात्र १ करोड ४३ लाख रुपैयाँको संस्थापक सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढि उत्पादनमुलक समुहको परिसुचक घट्न पुगेको छ । सो समुहको परिसुचक ३७ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक ३२ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक २६ अंकले ओरालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा पनि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि ६ दशमलव ७८ अंकले घटेको छ भने होटल, विकास बैंक तथा अतिरिक्त समुहको परिसुच भने सामान्य घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL