Logo

दिनभर उतारचढाव भएको बजार अन्तमा ६ अंकले बढ्यो, शिवमले उचाल्यो कारोबार

दिनभर उतारचढाव भएको बजार अन्तमा ६ अंकले बढ्यो, शिवमले उचाल्यो कारोबार



काठमाडौं । दिनभर समान्य उताचढाव भएको नेप्से परिसुचक अन्तमा उकालो लागेको छ । बजार खुलेदेखि नै सामान्य घटवढ भएको बजारमा अन्तमा ६ दशमलव ३० अंकले उकालो लाग्दै नेप्से परिसुचक १३ सय अंकमाथी उक्लिएको छ ।

बजारमा शिवम सिमेन्टको बोलवाला हुँदा कारोबार रकम र समग्र परिसुचक वृद्धिमा टेवा पुगेको छ । दिनभर कुल ८६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा शिवम सिमेन्टको मात्रै ११ करोड ४६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

दिनभर १ सय ६९ कम्पनीको सेयर कारोबार हुँदा २३ लाख ९२ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा प्राईम कमर्सियल बैंकको प्रतिकित्ता १७ रुपैयाँले बढ्दै ६ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सामान्य उकालो लागेको बजारमा उत्पादनमुलक, जलविद्युत, विकास बैंक, होटर र अतिरिक्त समुहका परिसुचक दोहोरो अंकले बढेका छन् । तर, बजारमा बीमा, फाइनान्स, लघुवित्त तथा व्यापार समुहका परिसुचक भने घट्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL