Logo

प्रोगेशिभ फाइनान्सको सिईओमा पुनः हुमागाईँ, थपियो ४ बर्षे कार्यकाल

प्रोगेशिभ फाइनान्सको सिईओमा पुनः हुमागाईँ, थपियो ४ बर्षे कार्यकाल



काठमाडौं । प्राग्रेशिभ फाईनान्सको प्रमुख कार्यकारी अधिकृतिमा पुनः विशाल हुमागाईँ नियुक्त भएका छन् । कम्पनी संचालक समितिको सोमबार बसेको बैंठकले उनलाई पुनः सिईओमा नियुक्त गरेको हो ।


संचालक समितिले उनलाई दोस्रो कार्यकाल ४ बर्षका लागि नियुक्त गरेको हो । उनको ४ बर्षे कार्यकाल आगामी जेठ ६ गते सकिँदैछ । सोही अनुरुप उनलाई २०७६ जेठ ७ गतेबाट लागू हुनेगरी थप ४ बर्षका लागि सिईओमा नियुक्त गरेको हो ।


हुमागाईँले २०७२ जेठ ७ गतेदेखि संस्थाको सिईओ पद सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL