प्रतितोला ५ सयले घट्यो सुन, चाँदीमा पनि १५ रुपैयाँ कम


रामराजा श्रेष्ठ
9 April, 2015 12:23 pm

बिजखबर संवाददाता

FoneLoan-250x250
yamaha

२६ चैत, काठमाडौं । स्थानीय बजारमा विहीबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५२ हजारमा कारोवार भएको सुन विहीबार घटेर ५१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, स्थानीय बजारमा चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज घटेर ७ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्