Logo

१३ औं नाडा अटो शो भदौ २६ देखि, दुई पाङ्ग्रेको १९ र चार पाङ्ग्रोको २० ओटा ब्राण्ड सहभागी

१३ औं नाडा अटो शो भदौ २६ देखि, दुई पाङ्ग्रेको १९ र चार पाङ्ग्रोको २० ओटा ब्राण्ड सहभागी



काठमाडौं । यही भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘१३ औं नाडा अटो सो’ हुने भएको छ ।

नाडा अटो मोबाईल्स एशोसिएशन अफ नेपालले सदाझै यस पटकपनि नाडा अटो शो गर्न लागेको हो । यस क्षेत्रमा भएको आधुनिक एवं प्राविधिक विकासको प्रचार प्रसार गर्ने उद्देश्यले नाडा अटो सो गर्न लागिएको नाडाका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

अटो शोमा ४ पाङग्रे, २ पाङग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी यस वर्ष ३ वटा ह्याङगर राखिएको छ । ६ दिन सम्म चल्ने सो मेलामा १९ वटा ब्राण्डाका ४ पाङग्रे २० वटा ब्राण्डका २ पाङग्रे सवारी साधनहरु रहेका छन भने साना ठूला गरी १ सय ३४ वटा स्टल रहने नाडा अटो शो २०१८ का संयोजक निराकार श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा स्पेयरपाटर्स, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री लगायतका सामग्री रहने छ । मेला भृकुटीमन्डपमा यही भदौ २६ गते देखी ३१ गते सम्म चल्ने छ ।

मेलामा अवलोकनकर्ताको सुविधालाई मध्य नजर गर्दै ४ पाङग्रे, २ पाङग्रे र अटो कम्पोनेन्टहरु छुटछुट्टै स्थानमा प्रर्दशनी गरिने भएको छ । सो मेलामा किनमेलको थलो मात्र नभएर बजार विश्लेषण तथा समग्रमा नेपाली अटोमोबाईल ब्यवसायको विकासलाई प्रस्तुत गर्ने मञ्च समेत बन्ने श्रेष्ठले बताए ।

यस वर्षको प्रवेश टिकटबाट प्रत्येक दिन गोला प्रथाद्धारा १ जना भाग्यशाली बिजेताले कुलप्याड मेघा २.५ डी प्राप्त गर्न सक्नेछन ।

मेला अबधिभर कुल ६० हजार दर्शकले प्रत्यक्ष रुपमा अबलोकन गर्ने आयोजकको दाबी छ । अटो शोमा प्रवेशका लागि टिकको विद्यार्थीका लागि १ सय ५० रुपैयाँ र अन्य व्यक्तिको लागि २ सय रुपैयाँ लाग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL