Logo

६३ करोडको आईपीओ आरी गर्दै रियालन्स लाईफ, अध्यक्षमा केडिया सर्वसम्मत

६३ करोडको आईपीओ आरी गर्दै रियालन्स लाईफ, अध्यक्षमा केडिया सर्वसम्मत



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ६३ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको सम्पन्न प्रथम वार्षिक साधारणसभाले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको साधारण सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । सभाले ताराचन्द केडियालाई सर्वसम्मत रुपमा कम्पनीको अध्यमा चयन गरेको हो ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा संचालनमा आएको रिलायन्स लाईफले हाल ५ वटा योजनाहरु बिक्री गर्दै आएको छ । कम्पनीले हाल मेरो मुटु बालयोजना, सुखमय जीवन सवाधिक तथा आजीवन, सुरक्षित जीवन सवाधिक, धनफिर्ता १५ र २० वर्ष, जीवन शान्ति बीमा योजना सञ्चालनमा ल्याएको छ । साथै कम्पनीले ७,११ र १८ घातक रोगहरु विरुद्धको रक्षावरण र सामुहिकम्यादी बीमा योजना पनि संचालनमा ल्याएको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL