Logo

स्पर्स लघुवित्तको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २ करोड ४० लाखको आईपीओ आउँदै

स्पर्स लघुवित्तको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २ करोड ४० लाखको आईपीओ आउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले २ लाख ४० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । स्पर्सले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले कर्मचारीहरुलाई समेत गरी आईपीओ निकाल्न लागेको हो ।

उक्त सम्झौतामा स्पर्स लघुवित्त वित्तिय संस्थाका सजल खड्का र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका हुन् । हाल स्पर्सको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशनसँगै कम्पनीको चुक्ता पूँजी ८ करोड रुपैयाँ पुग्ने छ ।

हाल स्पर्स १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६ हजार ५ सय सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL