Logo

रोजगारको अवसर सहित ग्रेट पेवेलियन सञ्चालनमा, वैशाख ५ सम्म २० प्रतिशत छुट

रोजगारको अवसर सहित ग्रेट पेवेलियन सञ्चालनमा, वैशाख ५ सम्म २० प्रतिशत छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । युथ भिजन इन्भेष्टमेन्ट कम्पनीले रु १ करोड ५० लाखको लगानीमा ग्रेटवान पेवेलियन सञ्चालनमा ल्याएको छ ।

स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्देश्यले विदेशमा बस्ने नेपालीद्धारा स्थापना गरेको कम्पनी मार्फत हरेक मानिसलाई चाहिने कपडा एकै ठाउँमा उपलब्ध गराउन चितवनको नारायणगढ स्थित मिलन मार्केटमा कपडाको भण्डारणका रुपमा ग्रेटवान पेवेलियन सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्धक ईश्वरराज अधिकारीले जानकारी दिएका छन ।

विदेशमा बस्ने र वैदेशिक रोजगार छोडेर आएकालाई सहभागि गराई कम्पनीले कपडाको भण्डारको रुपमा यो दोस्रो परियोजना सञ्चालन गरेको हो । कम्पनीले यस अघि पहिलो परियोजना स्वरुप स्वदेशी उत्पादन ‘पल्पी’ जुसमा लगानी गरिसकेको छ । कम्पनीले अस्पताल, रिर्सोट लगायतका बिभिन्न अन्य परियोजनामा समेत चलाउने लक्ष्य राखेको जानकारी दिएको छ ।

‘एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी’ भन्ने नारा सहित पेवेलियन सञ्चालन गरेको कम्पनीका अध्यक्ष प्रकाश अर्यालले बताएका छन । पेवेलियनमा महिला, पुरुष र बच्चाका लागि चाहिने सम्पूर्ण कपडा एकै ठाउँमा पाईने तथा सटिङ–सुटिङका कपडा तथा साडी र कुर्तासुरुवाल समेत यहाँ पाउने छन ।

उक्त परियोजनामा ५१ प्रतिशत युथ भिजनको लगानी छ भने बाँकी लगानी सर्वसाधरण तथा वैदेशिक रोजगारमा रहेका नेपालीको शेयर रहेको छ । प्रति शेयर न्यनतम रु २५ हजार रहेको निर्देशक मदन कँडेलले बताएका छन ।

कम्पनीले प्रवासमा रहेकालाई पहिलो प्राथमिक्ता दिई अन्य संघसंस्था तथा प्रतिनिधिलाई समेत समेटेर परियोजना चलाएको हो । सय जनाको सामूहिक लगानी रहेको उक्त कपडाको भण्डारमा लगानीकर्ताको परिवारलाई विशेष प्राथमिक्ता र सुविधा दिइने जनाएको छ ।

उक्त परियोजनामा कपडा खरिद गर्न आउने ग्राहकका लागि वैशाख ५ गते सम्म २० प्रतिशत छुटको ब्यवस्था गरिएको प्रबन्धक अधिकारीले बताएका छन । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL