Logo

प्रभु लाइफ इन्स्योरेन्सको थप ४ नयाँ शाखा, साना व्यापारी र कृषकलाई समेट्दै

प्रभु लाइफ इन्स्योरेन्सको थप ४ नयाँ शाखा, साना व्यापारी र कृषकलाई समेट्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।प्रभु लाइफ इन्स्योरेन्सले एकै पटक ४ नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले ललितपुर, कलंकी, बानेश्वर र बनेपामा आफ्नो नयाँ शाखा विस्तार गरेको हो ।

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले एक कार्यक्रमकाबीच ललितपुर शाखाको उद्घाटन गरेका थिए भने कम्पनीका संञ्चालक नरेशबहादुर मल्लले कलंकी शाखा, कम्पनीका संस्थापक सेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा र कम्पनीकै अर्का संस्थापक सेयरधनी तथा सांग्रीला बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द प्रसाद पौडेलले बनेपा शाखाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रभु बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । गर्नुभयो ।

कम्पनीका संचालक नरेशबहादुर मल्लले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । ‘अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित हामी आएका छौं,’ उनले भने, ‘आगामी दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने र छिट्टै नै गंगबु तथा नारायणगढ शाखाहरु संचालनमा आउनेछ ।’

कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्ने लक्ष्य अनुरुप अबका दिनमा किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउने तयारी भइरहेको बताइन् ।

यसैगरी सांग्रीला बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्दप्रसाद पौडेलले सांग्रीला बिकाश बैंकसँगको सहकार्यमा प्रभु लाइफ इन्स्योरेन्सले स्थानीय तह सम्म पुगी लक्षितवर्गहरुलाई जीवन बीमा सेवा प्रदान गर्न सक्षम हुने बताए ।

यस अघि नै प्रभु लाइफ इन्स्योरेन्सले ताहाचल, वीरगंज, ईटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुर शाखा कार्यालयहरुबाट कारोवार संचालन गरिसकेको छ । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL