Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको स्वयम्भू र बालाजुमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको स्वयम्भू र बालाजुमा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

laxmi

बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजु शाखा संचालनमा ल्याएकोे हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे ।

कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले गत महिना काठमाडौंमा अनामनगर र शंखमुल तथा ललितपुरमा सातदोबाटो र भैंसेपाटी शाखाहरु संचालनमा ल्याएकोे थियो ।

बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६२ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL