Logo

हिमालयन बैंकका दुई शाखा स्थानान्तरण, नयाँ स्थानबाट सेवा शुभारम्भ

हिमालयन बैंकका दुई शाखा स्थानान्तरण, नयाँ स्थानबाट सेवा शुभारम्भ



काठमाडौं । हिमालयन बैंक लिमिटेडको दुई शाखा स्थानान्तरण गरिएको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरुमध्ये ललितपुरको जाउलाखेल शाखा र धनुषाको जनकपुर शाखालाई स्थानान्तरण गरिएको हो ।

यी दुई शाखाहरुलाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरिएको छ । बैंकले जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीमा स्थानान्तरण गरिएको छ । यस्तै जनकपुर शाखालाई पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालिएको छ ।

बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटीएम, ६,५०० भन्दा बढी पिएसओ टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL