Logo

छाला जुत्ता मेला शुरु, सरकारकै कारण स्देशी जुत्ताको बजारिकरण हुन नसकेको मन्त्री वस्नेतको भनाई

छाला जुत्ता मेला शुरु, सरकारकै कारण स्देशी जुत्ताको बजारिकरण हुन नसकेको मन्त्री वस्नेतको भनाई


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१३ फागुन, काठमाडौं । स्वदेशी बस्तु उत्पादन गर्ने सम्बन्धी निर्देशिका पारित नुहँदा छाला जुत्ता लगायतका बस्तुको बजारिकरण हुन नसकेको उद्योग मन्त्री महेश वस्नेतले बताए । ‘हामीले स्वदेशी बस्तु उत्पादनका गर्ने निर्देशिका बनाएका थियौं,’ नेपाल छाला जुत्ता उत्पादक संघद्वारा भृकुटीमण्डममा आयोजित ‘चौथो बृहत राष्ट्रिय छाला जुत्ता तथा बस्तु प्रदर्शनी’ को उद्घाटन कार्यक्रममा उनले भने, ‘तर, विभिन्न मन्त्रालयबीच सहकार्य हुननसक्दा अहिलेसम्म पारित हुन सकेको छैन ।’ उक्त निर्देशिका पारित भएसँगै नेपाली जुत्ताले उच्च स्थान पाउने उनले जानकारी दिए ।

केही ठूला व्यवसायीले भारत र चीनमा बनेका जुत्ता तथा चप्पल आयात गरी नेपाली ब्राण्डको लोगो टासेर बेच्ने गरेको बताउँदै आगामी दिनमा त्यसलाई निरुत्साहित गरिने उनले जानकारी दिए । जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातका लागि उच्च भन्सार लगाएकाले नेपाली बजारमा विदेशी वस्तुको सहज प्रवेश भइरहेको समेत उनले जानकारी दिए । जुत्ता चप्पलजस्ता उद्योग प्रोत्साहका लागि आगामी बजेटमा सरकारले औद्योगिक पशुपालनलाई प्राथमिकता दिन लागिएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक इश्वरीप्रसाद घिमिरेले जुत्ता निर्माणका लागि आवश्यक जनशक्ति तयार गर्न सरकारले चासो नदिएको बताउँदै यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘हामीले परम्परा शीप अनुसार जुत्ता तथा चप्पल उत्पादन गर्दै आएका छौं,’ उनले भने, ‘अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि सोही अनुसारको कलाकौशल र गुणस्तरियता चाहिने छ ।’ यदि नेपाली व्यवसायीले गुणस्तरिय जुत्ता उत्पादन गरेमा केन्द्रले त्यसलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउने काम गर्ने उनले जानकारी दिए ।

यस्तै घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शुरेस प्रधानले जुत्ता उद्योग विकासका लागि नेपालमै छाला प्रसोधन गरिनुपर्ने बताए । ‘जुत्ता उत्पादनका लागि आवश्यक छाला हामीले खाइरहेका छौं,’ उनले भने, ‘त्यस्ता छालाको कलेक्सन गरी जुत्ता बनाउन प्रयोग गरिनु पर्छ ।’

आजदेखि शुरु भएको सो मेला १९ गतेसम्म चल्ने छ । मेलाले ग्राहकको चाहना अनुसार नेपाली छाला जुत्ता तथा बस्तु उपलब्ध गराउनु संघका कार्यवाहक अध्यक्ष जीवन नेपालीले जानकारी दिए । मेलामा विभिन्न कम्पनीका ४० वटा स्टल रहेको छ । यस्तैगरी मेलामा १५ प्रतिशत छुट दिइने समेत आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This