Logo

फागुन ६ गतेदेखि राष्ट्रिय औद्योगिक प्रर्दशनी हुँदै, ७५ वटै जिल्लाका २ सय व्यवसायीले सहभागिता जनाउने

फागुन ६ गतेदेखि राष्ट्रिय औद्योगिक प्रर्दशनी हुँदै, ७५ वटै जिल्लाका २ सय व्यवसायीले सहभागिता जनाउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ माघ, काठमाडौं । काठमाडौंमा राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा आगामी फागुन ६ गतेदेखि उक्त प्रदर्शनी हुन लागेको उद्योग मन्त्रालयले बताएको छ ।

घरेलु विकास समितिका उप कार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनी तयारी, व्यवस्थापन लगायतको विषयमा विहीबार उद्योग उद्योगमन्त्री महेश बस्नेतलाई जानकारी गराएका थिए ।

‘मेड इन नेपालमा गौरब गरौं, स्वदेशी स्वदेशी वस्तु प्रयोग गरौँ’ भन्ने मुल सन्देशका साथ आयोजना हुन लागेको सो प्रर्दशनीमा ७५ वटै जिल्लाका व्यवसायीले सहभागिता जनाउने भएका छन् । ती जिल्लाबाट २ सय भन्दा बढी उद्यमीको सहभागिता  रहने छ ।

घरेलु विकास समितिका उप कार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनीमा लघु, घरेलु तथा साना उद्योगका साथै नविकरणीय उर्जाको स्टल समेत रहने जानकारी दिए । फागुन १० गतेसम्म संचालन हुने उक्त प्रर्दशनीमा पुष्प व्यवसाय र वनस्पती व्यवसायका स्टल समेत राखिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL