काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले चाँडै आफ्नो भी सिरिज अन्तर्गतको नयाँ मोडल भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । उद्योगभित्रका लिक्सअनुसार यो फोन विशेषगरी यात्रु र नयाँ अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको छ ।
नयाँ भिभो भी६० लाईटमा एआई औरा लाईट पोर्ट्रेट ३.० प्रविधि रहने अनुमान छ, जसले १०० प्रतिशत बढी प्रकाश र नरम इल्युमिनेसन उपलब्ध गराउनेछ । साथै, ५० मेगापिक्सल सोनी आईएमएक्स ८८२ क्यामरा ले कम–प्रकाशमा समेत स्पष्ट र प्राकृतिक फोटो खिच्न सहयोग गर्ने बताइएको छ ।
यसको एआई इमेज स्टुडियो मा स्मार्ट टच–अप, अवाञ्छित वस्तु हटाउने सुविधा र विशेष ‘एआई फोर सीजन पोट्र्रेट’ फिचर रहनेछ, जसले एउटै फोटोमा विभिन्न ऋतुका पृष्ठभूमि सिर्जना गर्न सक्नेछ ।
डिजाइनतर्फ, करिब ७.५९ एमएम मोटाइमा बनेको यो फोन मिनिमल र प्रिमियम शैलीमा तयार भएको छ । प्रोसेसरतर्फ मीडियाटेक डीमेन्सिटी ७३६० वा स्नापड्रागन ६८५ प्रयोग हुने अनुमान छ, जसले दैनिकी प्रयोगदेखि गेमिङसम्म स्मूथ प्रदर्शन दिने बताइएको छ ।
फोनमा ठूलो डिस्प्ले, ६५०० एमएएच ब्लु–वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज रहनेछ, जसले लामो यात्रामा पनि चार्जको चिन्ता कम गर्ने अपेक्षा गरिएको छ ।
भिभोले भी६० लाईटलाई आफ्नो नेक्स्ट–जेन पोट्र्रेट प्रविधि, शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइन मार्फत भी सिरिजलाई नयाँ स्तरमा पुर्याउने दाबी गरेको छ ।