काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामा ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा कुल ४ लाख ३२ हजार ६९ बीमा पोलिसी बिक्री भएका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स भएको छ। कम्पनीले भदौसम्म ८९ करोड ४४ लाख रुपैयाँ उठाएको छ।
त्यसपछि शिखर इन्स्योरेन्स ८४ करोड ८२ लाख रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७७ करोड ३३ लाख रुपैयाँ संकलन गर्दै तेस्रो स्थानमा पर्न सफल भएको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७१ करोड १७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६८ करोड ७५ लाख रुपैयाँ र आइजिआई प्रुडेन्यिल इन्स्योरेन्सले ६२ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
त्यस्तै, ओरिएन्टल इन्स्योरेन्सले ५९ करोड ५० लाख, नेको इन्स्योरेन्सले ५८ करोड १ लाख, र यूनाइटेड अजोड इन्स्योरेन्सले ५७ करोड ४८ लाख रुपैयाँ उठाएका छन्।
सानिमा जिआइसी इन्स्योरेन्सले ४९ करोड ३७ लाख, नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख, नेशनल इन्स्योरेन्सले ३५ करोड २ लाख, प्रभु इन्स्योरेन्सले ३२ करोड ३२ लाख र राष्ट्रिय बीमा कम्पनीले २९ करोड ८१ लाख रुपैयाँ संकलन गरेका छन्।
यसरी, दुई महिनामा निर्जीवन बीमा बजारले ८ अर्ब माथिको बीमाशुल्क संकलन गर्दै बीमा क्षेत्रको निरन्तर बृद्धि देखाएको छ।