Logo

सलिको र मातृका आँखा उपचार केन्द्रबीच सम्झौता, सलिकोका ग्राहकको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

सलिको र मातृका आँखा उपचार केन्द्रबीच सम्झौता, सलिकोका ग्राहकको निःशुल्क मोतिबिन्दु शल्यक्रिया



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ।

सम्झौता अनुसार मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत निःशुल्क मोतिबिन्दु शल्यक्रिया उपलब्ध गराउनेछ। साथै, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आवश्यक औषधि, इन्ट्राअक्युलर लेन्स, एनेस्थेटिक औषधि तथा शल्यक्रिया–पूर्वका परीक्षणहरू समेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

काठमाडौं महानगरपालिका–१८ मार्फत छानिएका ५० जना बिरामीहरूको मोतिबिन्दु शल्यक्रिया असोज २४ गते मातृका आँखा उपचार केन्द्र, पुरानो बानेश्वरमा सञ्चालन गरिनेछ।

सम्झौता कार्यक्रममा सलिकोकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, कार्यकारी व्यवस्थापन समूहका कर्मचारी, मातृका आँखा उपचार केन्द्रका अध्यक्ष सुरज श्रेष्ठ र प्रशासकीय अधिकृत कल्याण ढुंगानाको उपस्थिति रहेको थियो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस सम्झौतामार्फत समुदायमा स्वास्थ्य सुरक्षाको पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले समुदायलाई प्रत्यक्ष लाभ हुने खालका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This