काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी डिजिटल प्रणालीमार्फत स्वीकृत गर्ने भएको छ।
यससँगै मन्त्रालयभित्र हुने सम्पूर्ण टिप्पणी, निर्णय र स्वीकृति अबदेखि कागजी प्रक्रिया नभई डिजिटल प्रणालीमार्फतै सम्पन्न हुनेछन्।
आजबाट सो कार्यको थालनी भएको अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।