Logo

नेपालमा भित्रिँदै भिभो भि ६० : पोर्ट्रेट फोटोग्राफीमा नयाँ क्रान्ति

नेपालमा भित्रिँदै भिभो भि ६० : पोर्ट्रेट फोटोग्राफीमा नयाँ क्रान्ति



काठमाडौं । विश्वस्तरीय स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो प्रतिष्ठित भि सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप भिभो भि६० नेपालमा ल्याउने तयारी गरेको छ। आधिकारिक विवरण सार्वजनिक नभए पनि प्रारम्भिक सूचनाअनुसार यस मोडेललाई जाइस् सँगको सहकार्यमा तयार गरिएको हुनसक्ने अनुमान छ।

जाइस् प्रविधियुक्त टेलिफोटो पोट्र्रेट फिचरसहित आउने भनिएको भि६० ले विभिन्न फोकल लेन्थमार्फत प्रयोगकर्ताको भावनालाई अझ कलात्मक ढंगमा अभिव्यक्त गर्ने सुविधा दिने अपेक्षा गरिएको छ। यसमा समावेश अत्याधुनिक एआई क्षमताले अनावश्यक वस्तु हटाउने, पृष्ठभूमि बदल्ने वा फोटो गुणस्तर छिट्टै परिष्कृत गर्ने सम्भावना छ, जसले यसलाई ‘पोर्टेबल स्टुडियो’को रूपमा बुझ्न सकिने अनुमान गरिएको छ।

डिजाइनका हिसाबले, भि६० मा मिनिमलिस्टिक क्यामेरा मोड्युल रहने सम्भावना छ, जसले पछाडिको भागमा करिब ९५ भन्दा कम क्षेत्रफल ओगट्ने र फोनलाई आधुनिक तथा प्रिमियम लुक दिनेछ। स्मार्टफोन मिस्ट ग्रे र बेरी पर्पल गरी दुई रंगमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

सुदृढताका दृष्टिले भि६० मा आईपी ६८/६९ रेटिङ रहने सम्भावना छ, जसले यसलाई धुलो र पानी प्रतिरोधी बनाउँछ। डिस्प्ले अझ मजबुत हुने र दैनिक प्रयोगमा खस्दा वा ठोक्किँदा क्षति न्यून पार्ने विश्वास गरिएको छ।

शक्तिका हिसाबले भि सिरिजकै सबैभन्दा ठूलो ब्याट्रीसहित आउने भनिएको भि६० ले लामो समयसम्म निर्बाध प्रयोग अनुभव दिनेछ। यससँगै, फ्ल्यास चार्ज प्रविधिले छोटो समयमा चार्ज गर्ने सुविधा दिने र नयाँ पुस्ताको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ प्रोसेसरले स्मूद गेमप्ले, स्मार्ट एफिसियन्सी र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने अनुमान गरिएको छ।

आधिकारिक अनावरण नजिकिँदै गर्दा, भिभो भि६० लाई केवल प्राविधिक क्षमता वा डिजाइनका लागि मात्र नभई जीवनका कथाहरूलाई अझ सुन्दर ढंगले क्याप्चर र अभिव्यक्त गर्नका लागि सिर्जना गरिएको स्मार्टफोनका रूपमा प्रस्तुत गरिँदै छ।

प्रतिक्रिया दिनुहोस्