काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि आज ओरालो लागेको नेप्से अन्तिम समयमा २७.८९ अंकले घट्दै २६ सय ५४ को विन्दुमा झरेर बन्द भएको हो ।
आज लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा मंगलबार उच्च बढेको सेयर बजारमा करेक्सन देखिएको हो । कारोबार अवधिभर आज कुल ३ सय १७ कम्पनीका ९४ लाख ८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ९३ कम्पनीको सेयरमुल्यमा गिरावट आएको छ भने जम्मा ५३ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज कारोबारमा आएकामध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।