काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दै बन्द भएको हो ।
आज कुल ३ सय १७ कम्पनीका १ करोड ८ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ । यसअघि आईतबार सेयर बजारमा ६ अर्ब बढीको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ७९ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिँदा ७१ कम्पनीको सेयरमूल्य घटेको छ । आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचक उकालो लागेका छन् ।