Logo

ग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता, सांग्रिलाका ग्राहकलाई गैरकोषमा आधारित सुविधा

ग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता, सांग्रिलाका ग्राहकलाई गैरकोषमा आधारित सुविधा



काठमाडौं । ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र ९लेटर अफ क्रेडिट०, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधाहरु ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।

प्रतिक्रिया दिनुहोस्