Logo

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित, अन्तिम तहमा ८४ जना उत्तीर्ण

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित, अन्तिम तहमा ८४ जना उत्तीर्ण



काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबा६ जुन २०२५ मा संचालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

चार्टर्ड एकाउन्टेन्सी क्याप १ तहमा ४ सय ५४ जना, क्याप २ तहमा ४ सय ४ जना र क्याप ३ तहमा ८४ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । जसअनुसार क्याप ३ तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थीहरु संस्थाको चार्टर्ड एकाउन्टेन्ट सदस्य हुन योग्य भएका छन् ।

परीक्षाको नतिजा वमोजिम चार्टर्ड एकाउन्टेन्सी आधारभूत तहमा प्रशेन्जित शाक्य, नलिना खनाल र रोशन महतले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान, मध्यम तहमा अभिषेक दाहाल, मो. सलमान र शिशिर अर्यालले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान र अन्तिम तहमा सागर ज्ञवाली, स्मृती पौडेल र कुशल गौतमले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका छन् ।
साथै संस्थाले जुन २०२५ मा संचालन गरेको सीए मेम्बरसिप फर एसीसीएएस र दर्तावाला लेखापरीक्षक सदस्यहरुको वर्गवृद्धि परीक्षाको नतिजा समेत प्रकाशित गरेको छ ।

परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको लब्धाङ्कपत्र तथा प्रमाणपत्र परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन पश्चात् वितरण गरिने छ । साथै, परीक्षाको नतिजामा चित्त नबुझी पूनर्योग गराउन चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले १० दिन भित्र पूनर्योग फाराम भरी निवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्