काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसिभी) ले भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ को उपाधि प्राप्त गरेको छ।
मलेसियामा साउन १ देखि ५ गतेसम्म सम्पन्न सम्मेलनमा बीएमसिभीले यो प्रतिष्ठित सम्मान हात पारेको हो। उक्त अवार्ड भोल्भो आइसरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विनोद अग्रवालले प्रदान गरेका थिए। सम्मान ग्रहण गर्नेमा एमएडब्ल्यू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिक र बतास एमएडब्ल्यू कमर्सियल भेहिकलका प्रबन्ध निर्देशक शान्ता राज बतास रहेका थिए।
दक्षिण एसिया भोल्भो आइसरको अन्तर्राष्ट्रिय बजारका लागि प्रमुख क्षेत्रहरूमध्ये पर्छ। यस क्षेत्रमा उत्कृष्ट वितरकको रुपमा बीएमसिभीले पाएको यो सम्मान ऐतिहासिक उपलब्धि भएको कम्पनीले जनाएको छ।
वितरण, बिक्रीपछिको सेवा, बजार हिस्सा विस्तारलगायतका पक्षमा गहन मूल्याङ्कन गर्दै भोल्भो आइसरका १० जना विज्ञहरुको निर्णायक मण्डलले बीएमसिभीलाई यो अवार्डका लागि छनोट गरेको हो।
नेपालमा भोल्भो आइसर कमर्सियल सवारीसाधनको आधिकारिक वितरक बीएमसिभी हो। कम्पनीको प्रदर्शन पछिल्लो एक वर्षमा झण्डै दोब्बर भएको छ। यसले बीएमसिभीलाई नेपालकै सबैभन्दा छिटो उकालो लागेको व्यावसायिक सवारी वितरकको रुपमा स्थापित गरेको छ।
भोल्भो आइसरका साना, मध्यम तथा ठूला सवारीहरू नेपालका भौगोलिक अवस्थासँग उपयुक्त रहेका छन्। कम्पनीले हालै सार्वजनिक गरेको प्रिमियम लक्जरी कोच ूम्याजेस्टिकू नेपालमा तीव्र बिक्री हुने कोच बन्न पुगेको छ।
बीएमसिभीले आगामी वर्षहरूमा नेपालमा नम्बर एक व्यावसायिक सवारी ब्रान्ड बन्ने लक्ष्यसहित आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
अवार्ड ग्रहणको अवसरमा एमएडब्ल्यू कमर्सियल भेहिकलका उपाध्यक्ष हेमन्त पुराणिकले भने, ‘यो अवार्ड हाम्रो टिमको उत्साह, प्रतिबद्धता, बोर्डको अटल समर्थन, ग्राहकको विश्वास र भोल्भो आइसरसँगको सहकार्यको नतिजा हो। यस्तो महत्वपूर्ण क्षेत्रमा उत्कृष्टको मान्यता पाउनु हाम्रो लागि गर्वको विषय हो। आगामी दिनमा यो स्तर अझै माथि पुर्याउने हाम्रो योजना छ।’