काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा उच्च अंकले घट्दै बन्द भएको हो ।
आज कुल ३ सय १८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ९८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा जम्मा ५२ कम्पनीको सेयरमूल्य बढेको छ । आज सेयरमूल्य बढेकामध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।