Logo

सेयर बजारमा वृद्धि कायमै, साढे १९ अर्ब बढीको कारोबार

सेयर बजारमा वृद्धि कायमै, साढे १९ अर्ब बढीको कारोबार



काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ पनि नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकको उकालो यात्रा कायमै छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा उकालो लाग्दै बन्द भएको हो ।

आज कुल ३ सय १९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार नाघेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ५२ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ९८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ७ समुहको परिसुचक बढेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्