काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.८० अंकले बढ्दै २६ सय ५८ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १८ कम्पनीका ३ करोड ३६ लाख ३७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार बढी पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय २४ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय २४ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिन्छ ।
आज ५ समुहको परिसुचक ओरालो लाग्दा अन्य बाँकी ८ समुहको परिसुचकमा वृद्धि देखिन्छ । आज सानिमा माई हाइड्रोको सेयर कारोबार सबैभन्दा बढी अर्थात ९५ करोड १६ लाख माथि हुँदा ङादी ग्रुप पावरको ९० करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।