काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा २३.१९ अंकले बढ्दै २६ सय ५३ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कुल ३ सय २४ कम्पनीका १ करोड ७५ लाख १ हजार ८ सय २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको भएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ९१ कम्पनीको सेयरमुल्यमा वृद्धि आउँदा ५६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
आज सेयरमूल्य बढेकामध्ये ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।