Logo

सान्भी इनर्जीको आईपीओ जेठ ९ गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै

सान्भी इनर्जीको आईपीओ जेठ ९ गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै



काठमाडौं । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले दोस्रो चरणमा जेठ ९ गते (भोलि) बाट आइपीओ बिक्री खुला गर्ने भएको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

अब सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरिनेछ। सो अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख १५ हजार ३०० कित्ता साधारण शेयर जारी गर्दैछ।

यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

यस आइपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्