काठमाडों । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १९.०४ अंकले बढ्दै २६ सय ८८ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कुल ३ सय १४ कम्पनीका २ करोड २३ लाख ९६ हजार बढी कित्ता सेयर ८६ हजार ६ सय ८५ पटक किनबेच हुँदा कारोबार रकम ९ अर्ब ८२ करोड २० लाख रुपैयाँ नाघेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ४२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ४ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये ४ समुहको परिसुचक उकालो लाग्दा बाँकी सबै समुहको परिसुचकमा गिरावट देखिन्छ ।