काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा तिव्र उत्तारचढाव देखिएको छ । केन्द्रिय बैंकमा नयाँ गभर्नर नियुक्तीसँगै मंगलबार नै उच्च अंकले बढेको बजार बुधबार पहिलो ५ मिनेट झण्डै सर्किट लेभलमा पुगेको थियो । त्यसपश्चात लगातार घटेको बजार अन्तिम समयमा ७.९४ अंकले घट्दै २६ सय ६९ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १६ कम्पनीका २ करोड ३० लाख २६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ५३ कम्पनीको सेयरमूल्य घट्दा ९३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सेयरमुल्य बढेका कम्पनीहरुमध्ये ओम मेगाश्री फर्मास्युटीकल्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै आज बैंकिङ, विकास बैंकलगायत ४ समुहको परिसुचक उकालो लाग्दा बाँकी समुहको परिसुचकमा समेत गिरावट आएको छ ।