Logo

सेयरबजारमा ३२ अंकको पहिरो, कारोबार साढे ७ अर्बमाथि

सेयरबजारमा ३२ अंकको पहिरो, कारोबार साढे ७ अर्बमाथि



काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको पहिरो गएको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.३८ अंकले घट्दै २६ सय ५५ को विन्दुमा झरेर बन्द भएकाे हाे ।

आज कुल ३ सय ८ कम्पनीका १ करोड ८४ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५७ करोड ५५ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये २ सय १७ कम्पनीका सेयरमुल्यमा गिरावट आउँदा २८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

आज सेयरमुल्य बढेकामध्ये नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माईक्रोलाइफको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्