Logo

टिकेन नेप्सेको उकालो यात्रा, परिसुचक १६ अंकले ओरालो लाग्दा कारोबार पनि घट्यो

टिकेन नेप्सेको उकालो यात्रा, परिसुचक १६ अंकले ओरालो लाग्दा कारोबार पनि घट्यो



काठमाडौं । अघिल्लो हप्ता एकाएक उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) याे साताको पहिलो कारोबार दिन नै घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १६.६८ अंकले घट्दै २७ सय ६ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय २८ कम्पनीका २ करोड १३ लाख २३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ४३ करोड ३५ लाख नाघेको छ । यो गएको हप्ता बिहीबारको तुलनामा करिव २ अर्ब बढीले कम हो । बिहीबार कारोबार रकम साढे १० अर्ब नाघेको थियो ।

आज कारोबारमा आएकामध्ये कुल १ सय ९२ कम्पनीको सेयरमुल्य घट्दा ५३ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये, उत्पादनमुलक र ट्रेडिङबाहेकका सबै समुहका उपसुचक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्