Logo

सेयर बजारमा रोकिएन गिरावट, परिसुचक २० अंकले घट्दा कारोबार पनि खुम्चियो

सेयर बजारमा रोकिएन गिरावट, परिसुचक २० अंकले घट्दा कारोबार पनि खुम्चियो



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा २०.६८ अंकले घट्दै २७ सय ५१ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय ११ कम्पनीका १ करोड ५० लाख ९४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३७ करोड ८० लाखमा सीमित भएको छ । यसअघि आईतबार कारोबार रकम १० अर्ब नाघेको थियो ।

आज कारोबारमा आएकामध्ये १ सय ९१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४४ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । जसका कारण आज अतिरिक्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्