Logo

साताको तेस्रो दिन पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार साढे १० अर्ब नजिक

साताको तेस्रो दिन पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार साढे १० अर्ब नजिक



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.९१ अंकले बढ्दै २७ सय ३९.८२ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय १४ कम्पनीका १ करोड ८२ लाख ३० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ४९ कम्पनीको सेयरमुल्यमा गिरावट आउँदा ८७ कम्पनीको सेयरमुल्य बढेको छ । आज सेयरमुल्य बढेकामध्ये ४ कम्पनकिो सेयरमुल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

यस्तै आज २ कम्पनीको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको देखिन्छ । आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक उकालो लाग्दा अन्य समुको परिसुचकमा गिरावट आएका छ ।

प्रतिक्रिया दिनुहोस्