Logo

३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्ब बढीको कारोबार

३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्ब बढीको कारोबार



काठमाडौं । पछिल्लो समय स्थिरजस्तै रहेको नेपालको सेयर बजार यो साताको मंगलबार भने उच्च अंकले उकालो लागेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अंकले बढ्दै २१ सय १५ को विन्दुमा पुगेको हो । आज कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजारमा ३ सय ११ कम्पनीका १ करोड २६ लाख ६५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

laxmi

आज बजार उच्च अंकले बढ्दा २ सय ३ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने ४१ कम्पनीको सेयरमूल्य घटेको छ ।
आज ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समुहको परिसुचक उकालो लागेको छ । आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर कारोबार भएको छ ।

यो कम्पनीको आज ३६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज माउन्टेन इनर्जीको २३ करोड, ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख र जानकारी फाईनान्स कम्पनीको १० करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL