Logo

अर्थमन्त्रीको बोलीको उल्टो गतिमा सेयरबजार, परिसुचक र कारोबार दुबै घट्दै

अर्थमन्त्रीको बोलीको उल्टो गतिमा सेयरबजार, परिसुचक र कारोबार दुबै घट्दै



काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले हरेकजसो कार्यक्रममा सेयरबजार सुधार गर्ने र लगानीकर्तालाई विश्वास दिलाउने बताउँदै आएपनि लगानीकर्तामा भने निराशा छाएको देखिन्छ । पछिल्लो समय दैनिकजसो सेयरबजार घट्नाले लगानीकर्ताले अर्थमन्त्रीको बोलीलाई नै विश्वान गरेको देखिएको हो ।

laxmi

खासगरी नयाँ गठवन्धन सरकार आएसँगै ओरालो लागेको नेप्सेले यो साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पायो । बिहीबार कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १५.३७ अंकले घट्दै २०४८ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय १५ कम्पनीका १ करोड ८५ लाख ५२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ माथि पुगेको छ । त्यसमध्ये आज सबैभन्दा कढी कारोबार भएको माछापुच्छ्र्रे बैंकको संस्थापक सेयरमात्रै १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको भएको छ ।

यस्तै आज दिनभरको कारोबारमा १ सय ८८ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।
आज बजारमा व्यापारबाहेकका सबै समुहको उपसुचकहरु ओरालो लागेको नेप्सेले जानकारी दिएको छ । नेप्से पछिल्लो एकहप्तादेखि लगातार ओरालो लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL