Logo

टुटल र विद्युतीय स्कुटर बिक्रेता एनआइयुबीच सम्झौता, स्कुटर किन्दा टुटलले राइडरलाई ५० हजार दिने

टुटल र विद्युतीय स्कुटर बिक्रेता एनआइयुबीच सम्झौता, स्कुटर किन्दा टुटलले राइडरलाई ५० हजार दिने



काठमाडौं । नेपालको पहिलो राइड सेयरिङ प्लेटफर्म टुटलले विद्युतीय स्कुटरको प्रमुख निर्माता कम्पनी इको इन्फिनीटिसँग साझेदारीको सम्झौता गरेको छ । कम्पनीले वातावरणमैत्री यातायातको प्रवर्द्धन गरी स्वच्छ वातावरणलाई बढावा दिने उद्देश्यले उक्त सम्झौता गरेको बताएको हो ।

laxmi

उक्त सम्झौतामार्फत टुटल राइडर्सले किनेका प्रत्येक एनआईयू स्कुटरका लागि टुटलले ५० हजार रुपैयाँसम्म सहयोग गन बताईएको छ । साथै यसले प्रयोगकर्ताहरूको दैनिक यात्राको लागि पर्यावरण– अनुकूल विकल्प छनौट गर्न र उनीहरूबाट हुने कार्बन उत्सर्जन घटाउन सक्षम बनाउनेछ ।

टुटलले आफ्ना राइडरहरूका लागि ‘हन्ट’ नामक नयाँ लक्षहरू प्रस्तुत गरेको छ, जुन राइडरहरूको लागि अधिक राईडहरू पूरा गर्न र कमाई बढाउन मिल्नेछ ।

दैनिक, साप्ताहिक वा मासिक रूपमा लक्ष्य हुनेछन् । प्रत्येक ‘हन्ट’ समापनमा राइडरलाई उनीहरूले पूरा गरेका लक्षहरूको आधारमा नगद पुरस्कारको प्रदान गरिनेछ । यसबाट राइडरहरूको आयमा वृद्धि हुनेछ ।

टुटलका प्रबन्ध निर्देशक रुबिक जोशी भन्छन्, ‘हामी चाहन्छौँ कि ५० प्रतिशत राइडरहरु विद्युतिय सवारीमा परिवर्तन होउन, जसले भविष्यमा देशको वातावरणलाई सुधार्न मद्दत गर्नेछ ।’ यात्रुहरूलाई विद्युतिय सवारी प्रयोग गर्न प्रोत्साहित गर्न टुटलले तीन महिनाको अभियान सुरु गरेको छ, जसमा राइडरहरुले एनआइयु स्कुटर जित्नका लागि अभियान अवधिभर ३०० राइड पूरा गर्नुपर्नेछ । ‘भावी पुस्ताका लागि हरित र स्वच्छ वातावरण बनाउने यो हाम्रो सानो पहल हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL