Logo

नाफा बुक गर्दा ४ दिन बढेको नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम सवा ४ अर्ब

नाफा बुक गर्दा ४ दिन बढेको नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम सवा ४ अर्ब



काठमाडौं । पछिल्लो ४ दिनदेखि लगातार बढेको नेप्सेमा यो साताको बुधबार सामान्य करेक्सन देखिएको छ । बुधबार कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.४८ अंकले घटेर २१ सय ८ को विन्दुमा पुगेको हो ।

laxmi

४ दिनसम्म बढेकाे बजारमा लगानीकर्ताले नाफा बुकिङ गर्न खोज्दा नेप्सेमा करेक्सन देखिएको हो । आज कारोबार अवधिभर ३ सय १० कम्पनीका १ करोड ८ लाख ८९ हजार ६ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ माथि पुगेको छ ।

आज ६ समुहको परिसुचक उकालो लाग्दा बाँकी रहेका ७ समुहको परिसुचकमा गिरावट आएको छ । आज १ सय ३३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ९४ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL