Logo

साताको पहिलो दिन उच्च अंकले घट्यो नेप्से, २३८ कम्पनीका लगानीकर्ताले गुमाए

साताको पहिलो दिन उच्च अंकले घट्यो नेप्से, २३८ कम्पनीका लगानीकर्ताले गुमाए



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २६.८१ अंकले घट्दै १९७९ को विन्दुमा झरेर बन्द भएको हो ।

laxmi

आज कुल ३ सय १७ कम्पनीका ८५ लाख ४६ हजार ९ सय ३० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ८ करोड ६९ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ३८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा बाँकी २ सय ३८ कम्पनीको सेयरमुल्य ओरालो लागेको छ । त्यसमध्ये पनि समाज लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज वित्त र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक राताम्य भएको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL