Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १४.४६ अंकले घट्दै २०६२ को अंकमा झरेर बन्द भएको हो ।

laxmi

आज कारोबार समयभर कुल ३०५ कम्पनीका १ करोड १४ लाख ७ हजार बढी कित्ता किनबेच हुँदा कारोबार रकम ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार करिव सवा ४ अर्ब बराबरको सेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका कम्पनीमध्ये १६३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ७९ कम्पनीको सेयरमूल्य बढेको छ । आज सेयरमूल्य बढेकामध्ये बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL