Logo

सामान्य बढेर बन्द भयो सेयर बजार, कारोबार साढे २ अर्बमा सीमित

सामान्य बढेर बन्द भयो सेयर बजार, कारोबार साढे २ अर्बमा सीमित



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ९.४४ अंकले बढेर २०८५.७१ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार ५.३१ अंकले घटेको सेयर बजार साताको दोस्रो कारोबार दिन सोमबार भने १४.७५ अंकले बढेको थियो ।

laxmi

मंगलबार सेयर कारोबार रकम २ अर्ब ५९ करोड १५लाख ३४ हजार रुपैयाँ बराबर भएको छ । कारोबार रकम सोमबारको तुलनमा भने केहि बढेको छ । तर, अघिल्लो कारोबार दिनहरुको तुलनामा घट्दो छ । सोमबार सेयर बजारमा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार ३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँ कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएको १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी सबै उपसमूहको सेयर मूल्य बढेको छ । यसदिन सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी उपसमूहको सेयर मूल्य बढेको छ । यस उपसमूहको सेयर मूल्य मंगलबार १.०७ प्रतिशत बढेको छ । यसैगरी, आज सबैभन्दा धेरै अन्य कम्पनी उपसमूहतर्फको सेयर मूल्य घटेको छ । यस उपसमूहको सेयर मूल्य ०.५५ प्रतिशतले घटेको छ ।

आज ३ सय कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर ६६ हजार ५ सय ५९ पटक किनबेच भएको छ । कारोबारमा आएको कम्पनीमध्ये दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । मंगलबार १ सय ८१ कम्पनीको सेयर मूल्य बढेको छ । ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने, ९ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेको सेयर मूल्य पनि ५.१० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको ४ लाख ८१ हजार ४२८ कित्ता सेयर खरिद बिmक्री भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL