Logo

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्ब २१ करोडमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्ब २१ करोडमा सीमित



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक ५.३१ अंकले घटेर २०६१.७० बिन्दुमा झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको थियो । बिहीबार सेयर बजार ३०.९२ अंकले घटेको थियो ।

laxmi

गत बिहीबारको तुलनामा आइतबार कारोबार रकम पनि खुम्चिएको छ । आइतबार ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको सेयर बजारमा आइतबार ३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँ बराबर मात्र सेयर कारोबार भएको छ ।

आइतबार ३ सय ७ कम्पनीको ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता सेयर ७० हजार ७ सय ९० पटक किनबेच भएको छ ।
आइतबार कारोबारमा आएका १ सय ४ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १ सय ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने, बाँकी ११ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज महिला विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ । आइतबार कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी ९ उपसमूहको सेयर मूल्य घटेको छ ।

आज विकास बैंक, फाइनान्स कम्पनी, लगानी समूह र निर्जीवन बीमा कम्पनी समूहको सेयर मूल्य बढेको छ ।
आइतबार हिमालयन रि–इस्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको ४ लाख ८६ हजार ३२५ कित्ता ३३ करोड ५८ लाख ३२ हजार ८०९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL