Logo

साताको अन्तिम कारोबार दिन उच्च अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

साताको अन्तिम कारोबार दिन उच्च अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । सातको तीन कारोबार बढेको सेयर बजार सातको २ कारोबार दिन भने घटेको हो । बुधबार पनि सेयर बजार घटेको थियो ।

laxmi

सेयर बजार आइतबार १०.३७ अंकले, सोमबार १०‍.२६ अंकले र मंगलबार १४.८८ अंकले बढेको थियो भने बुधबार २२.६७ अंकले घटेको थियो । नेप्से सूचक घटेसंगै कारोबार रकम पनि खुम्चिएको छ । बिहीबार सेयर बजारमा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार सेयर बजारमा ५ अर्ब २९ करोड ५६ लाअ ५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्य घटेको छ भने एक उपसमूहको मात्र सेयर मूल्य बढेको छ । यसदिन फाइनान्स कम्पनी उपसमूहको सेयर मूल्य ०.२१ प्रतिशतले बढेको हो । बिहीबार ३ सय ९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ५१ कित्ता सेयर ८० हजार २९ पटक किनबेच भएको छ । कारोबारमा आएको १९ कम्पनीको मात्र सेयर मूलय बढेको छ । बाँकी २ सय२६ कम्पनीको सेयर मूल्य घटेको छ ।

बिहीबार ५४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL