Logo

नाडाको कार्यसमिति निर्विरोध निर्वाचित, पदाधिकारी चयन गर्न बाँकी

नाडाको कार्यसमिति निर्विरोध निर्वाचित, पदाधिकारी चयन गर्न बाँकी



काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)मा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । चुनावका लागि मनोनयन दर्ता गर्ने आज शुक्रबारअन्तिम दिनसम्म आवश्यक संख्यामा मात्रै उम्मेदवारी दर्ता भएपछि नयाँ कार्यसमिति निर्विरोध चुनिएको हो ।

laxmi

आगामी अध्यक्षमा सीजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरी सर्वसम्मत चुनिएका छन् भने कार्यसमिति सदस्यमा २४ जना निर्विरोध निर्वाचित भएका छन् ।

संघको सदस्यमा आकाश गोल्छा, कपिल शिवाकोटी, विक्रम सिंघानिया, निराकार श्रेष्ठ, सुनिल रिजाल, राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु श्रेष्ठ, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्विरोध बनेका छन्।

त्यसैगरी, संस्थागततर्फ सातै प्रदेशबाट एकरएक जना सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत चुनिएका छन् ।

त्यस्तै, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्कर राज ओझा सदस्य चयन भएका छन् ।

कार्यसमित सदस्यमा थप ५ जना मनोनित हुनेछन् । यसअघि ३ जना मनोनित हुँदै आएकामा आगामी कार्यकालका लागि ५ जना मनोनित गरिने छ । यसका लागि विधान संशोधन गरिने अध्यक्ष थापाले बताए ।

अब यिनै सदस्यहरूमध्ये बाट नाडाको बाँकी पदाधिकारी निर्वाचित हुने नाडाले जानकारी दिएको छ । नाडाको ४७ औं वार्षिक साधरण सभा यही पुस २० र २१ गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL