Logo

लचिलो मौद्रिक नीतिको प्रभावले सेयर बजारमा सकारात्मक माहोल, कुन कम्पनीको सेयर मूल्य धेरै बढ्यो ?

लचिलो मौद्रिक नीतिको प्रभावले सेयर बजारमा सकारात्मक माहोल, कुन कम्पनीको सेयर मूल्य धेरै बढ्यो ?



काठमाडौं । मौद्रिक नीति समिक्षा पछिको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक १ सय ११ अंकले बढेर १ हजार ९ सय ६३ बिन्दुमा पुगेको छ । यसदिन सेयर बजार कारोबार खुलेको एक घण्टामा नै ६ प्रतिशतभन्दा धेरैले बढेर आइतबारको लागि कारोबार नै स्थगित भईसकेको छ ।

laxmi

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्यो । जसमा राष्ट्र बैंकले बैंक ब्याजदर र निक्षेपको ब्याजदर घटाउने निर्णय गर्यो । सेयर बजारमा उत्साह देखिनुको पहिलो कारण ब्याजदर घट्नु रहेको सम्बन्धित जानकारहरु बताउँछन । राष्ट्र बैंकले बैंक ब्याजदर घटाउँदा आगामी दिनमा कर्जाको ब्याजदर सस्तो हुने भएका कारण लगानीकर्ताको मनोबल सेयर बजारप्रति सकारात्मक बनेको हो ।

यसैगरी, राष्ट्र बैंकले निक्षपदर घटाउँदा आगामी दिनमा निक्षेपमा पैसा राख्नेभन्दा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्ने भएको कारण पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको हो । यसैगरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत ५० लाखमाथिको सेयर धितोकर्जाको जोखिम भार १ सय ५० प्रतिशतबाट घटाएर १ सय २५ मा झारेको छ । यसको कारण सेयर बजारमा ठुला लगानीकर्ताको प्रवेश भएको जानकारहरुको बुझाई छ । समग्रमा राष्ट्र बैंकको लचिलो मौद्रिक नीति समीक्षोको कारण नै सेयर बजारमा सकारात्मक माहोल देखिएको हो ।

आइतबार सेयर बजारमा २ सय ७० कम्पनीको सेयर कारोबार भएको छ । आइतबार कारोबारमा आएको २ सय २७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । कारेबारमा आएको ३४ कम्पनीको सेयष्र मूल्य आज ९ प्रतिशतभन्दा धेरै बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ ।

आइतबार सबैभन्दा धेरै जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन । यस कम्पनी उप समूहको सेयर मूल्य आज ८.६३ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक, फाइनान्स कम्पनी, होटल तथा पर्यटन कम्पनी, लगानी उपसमूहको सेयर मूल्य आज साढे ६ प्रतिशतभन्दा धेरै बढेको छ ।

यसैगरी, लघुवित्त कम्पनी उप समूहको सेयर मूल्य ५.६५ प्रतिशतले बढेको छ । वाणिज्य बैंक उप समूहको सेयर मूल्य आज ५.६८ प्रतिशत बढेको छ । लाईफ इन्सोरेन्स कम्पनी उपसमूह र ननलाईफ इन्स्योरेन्स उपसमूहको सेयर मूल्य क्रमशः ५.३० प्रतिशत र ५.२२ प्रतिशतले बढेको छ । ब्यापार उसमूहको सेयर मूल्य ५.८७ प्रतिशत र अन्य कम्पनी समूहको सेयर मूल्य ४.५१ प्रतिशत बढेको नेप्सेले जानकारी दिएको छ ।

आज सबैभन्दा थोरै म्युचुअल फन्ड उपसमूहको सेयर मूल्य बढेको छ । यस उपसमूहको सेयर मूलय आज ०.२१ प्रतिशतमात्र बढेको छ । आज कारोबामा आएको दुई कम्पनीको सेयर मूलय घटेको छ । आज कालिका लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था कम्पनीको सेयर मूल्य घटेको छ । आज १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर ४८ करोड २४ लाख ८२ हजार २ सय ३९ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा धेरै सेयर मूल्य बढेको कम्पनीको नाम सूचीमा :

प्रतिक्रिया दिनुहोस्
MBL