Logo

सेयर बजारमा तेस्रोपटक सर्किट ब्रेक, ६ प्रतिशतले बढेर दिनभरको लागि कारोबार स्थगित

सेयर बजारमा तेस्रोपटक सर्किट ब्रेक, ६ प्रतिशतले बढेर दिनभरको लागि कारोबार स्थगित



काठमाडौं । सेयर बजारको बढ्ने क्रमले निरन्तरता दिएपछि नेप्सेमा फेरि तेस्रोपटक सर्किट ब्रेक लागेको छ । आईतबार १२ बजेर ९ मिनेटमा सेयर बजार तेस्रो पटक ६ प्रतिशतले बढ्दै आजका लागि कारोबार नै स्थगित भएको छ ।

laxmi

आईतबार कारोबार समयको सुरुवाति ५ मिनेटमै ४ प्रतिशतले बढ्दै पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि बन्द भएको बजार पुनः खुलेको केहि समयमै ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो ।

स्थगित भउको ४० मिनेटपश्चात पुनः खुलेको बजारमा केहि समयपछि ६ प्रतिशतले परिसुचक वृद्धि हुँदा आजका लागि कारोबार स्थगित भएको हो । आज कारोबारमा आएका २ सय ४४ कम्पनीमध्ये १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस अवधिमा ४८ करोड २४ लाख ८२ हजार २ सय ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजारमा उछाल देखिएको हो । समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। आज २ सय ७२ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ। नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै सेयर धितोकर्जाको जोखिम भार १ सय ५० प्रतिशतबाट घटाएर १ सय २५ प्रतिशत राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL