Logo

सात अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम ९६ करोडमा सीमित

सात अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम ९६ करोडमा सीमित



काठमाडौं । साताको पहिलो दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ७ अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा ७.२९ अंकले घट्दै १८ सय ५१ को विन्दुमा पुगेर बन्द भएको हो ।

laxmi

आज कारोबार अवधिभर २ सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९६ करोड ४० लाख १० हजार रुपैयाँमा सीमित भएको छ । आज परिसुचक ओरालो लाग्दा १ सय ३६ कम्पनीको सेयरमूल्यमा गिरावट र ९४ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

आज लघुवित्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL