Logo

नेपाल अन्तरराष्ट्रिय व्यापार मेला शुरु, प्रदर्शनीस्थल निर्माण तत्काल अगाडि बढाउने सरकारी प्रतिवद्धता

नेपाल अन्तरराष्ट्रिय व्यापार मेला शुरु, प्रदर्शनीस्थल निर्माण तत्काल अगाडि बढाउने सरकारी प्रतिवद्धता



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडी बढाउन आफ्ना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् ।

laxmi

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहीबारदेखि सुरु भएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।

अन्तराष्ट्रिय व्यापार मेलाको यो नवौ स्करण हो । मेला नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना भएको हो । मेलाको सह आयोजकमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ रहेका छन् ।

निजी क्षेत्रले करिव तीन दशकदेखि स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाई भइरहेको छ ।

उच्चस्तरीय प्रदर्शनीस्थल भएमात्र मेला महोत्सवको आयोजनालाई उत्कृष्ट रुपमा व्यवस्थापन गर्न सकिनेमा महासंघको जोड छ । स्तरीय प्रदर्शनी स्थलको अभावको विषयलाई महासंघले राखे पश्चात प्रमुख अतिथि सभामुखले सो प्रतिवद्धता व्यक्त गरेका थिए ।

मंसिर १८ गतेसम्म चल्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा नेपाल सहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी करिव २१० स्टलहरुमा मार्फत विभिन्न वस्तुु तथा सेवाको प्रदर्शनी गरिएको छ ।

सुस्ताएको अर्थतन्त्र र उद्योग व्यवसायलाई चलायमान बनाउन यो मेला सहयोगी हुने उनले बताए । सभामुख घिमिले मेलामा विभिन्न देशबाट भएको सहभागिताबाट व्यवसायिक साझेदारी, लगानी तथा काम गर्ने तौरतरिका समेत आदान प्रदानमा सहयोग पुुग्ने अपेक्षा गरिएको बताए ।

उद्योग सचिव मुकुन्द प्रसाद निरौलाले प्रदर्शनी स्थल निर्माणको कार्यलाई तत्तकाल अगाडि बढाइने बताए । हामीले अहिले हेरिरहेको क्षेत्र र चोभारस्थित सुुख्खा बन्दगाह कहां उपयुक्त हुन्छ यस विषयमा महासंघसंग छिट्टै बसेर त्यसको टुुंगो लगाई अगाढि बढाउने प्रतिवद्धता पनि जनाए ।

त्यसअघि स्वागत मन्तव्य राख्दै महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि वर्षौदेखि अनुरोध गर्दा पनि त्यसले मूर्तरुप नपाएकोमा दुःखेसो गरे । उनले व्यापार मेला आयोजना गर्ने जिम्मेवारी उद्यमी व्यवसायीको संघ संस्थालाई मात्र दिन अनुरोध पनि गरे ।

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका अध्यक्ष चण्डिराज ढकालले महासंघले ५६ सालदेखि अन्तराष्ट्रिय मेला आयोजनालाई निरन्तरता दिँदै आएको तर हाम्रा पूर्वाधार भने पहिलेकै अवस्थामा रहेकोमा दुःख व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय व्यापार मेला सार्क राष्ट्रहरु र चीनका उद्यमी व्यवसायी, लगानीकर्तालाई एकै थलोमा ल्याई लगानी प्रवद्र्धन आपसी सहकार्य बढाउन प्रभावकारी माध्यम बन्दै गएको बताए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारि अधिकृत शरद विक्रम राणाले अन्तराष्ट्रिय व्यापार मेलामा व्यापार प्रवद्र्धन केन्द्रले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले प्रदर्शनी स्थल निर्माण गर्ने कार्यलाई सरकारले मुख्य एजेण्डामा राखेर सहयोग गर्नुपर्नेमा पनि जोड दिए ।

नेपालका लागि चीनका राजदुत छन सोङको उपस्थ्तिि रहेको समुद्घाटन समारोहमा चिनियाँ वाणिज्य मन्त्रालयका उपमहानिर्देशक देङ बोले एनआईटिएफमा हरेक साल सहभागि हुन पाएकोमा खुशी व्यक्त गरे । उनले मेलामा आफनो देशको निरन्तर सहभागीता रहने प्रतिवद्धता पनि जनाए ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले समुद्घाटन समारोहमा धन्यवाद मन्तव्य राखेका थिए । उनले नेपाल सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा आयोजना हुंदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला सार्वजनिक निजी साझेदारीको सफल उदाहरण रहेको बताउ ।

उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमै सुुस्तता छाएको अवस्थामा अन्तराष्ट्रिय व्यापार मेलाको आयोजनाबाट थोरै भएपनि उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुुग्ने विश्वास उपाध्यक्ष ढकालले व्यक्त गरे ।

कार्यक्रममा महासंघको व्यापार मेला समितिका सभापति उमेश डालमियाले अन्तराष्ट्रिय व्यापार मेलाका सम्बन्धमा विस्तृत प्रकाश पारेका थिए ।

कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरु, महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु, नेपाल स्थित बंगलादेश, पाकिस्तान र श्रीलंकाका राजूदतावासका उच्च अधिकारीहरु, महासंघका सदस्य संघ/संस्थाका पदाधिकारीहरु, उद्यमी व्यवसायी नेपाल, चीन, भारत, बंगलादेश, पाकिस्तानका प्रदर्शकहरुको उपस्थिति रहेको थियो ।

मेलामा सहभागीदेशका प्रतिनिधिमण्डल बीच आपसी व्यवसायिक भेटवार्ता पनि हुने छ । मेलामा नेपाली यूवा उद्यमी मंचका स्टलहरु पनि राखिएका छन् । मेलाको करिव १ लाख आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा आइएमई पे यूजरका लागि प्रवेश पास निःशुल्क गरिएको छ ।

मेलाको प्रमुख प्रायोजक आइएमई पे, इन्सोरेनस पाटनर सगरमाथा लुम्बिनी इन्सोरेन्स, सह प्रायोजक हेरिटेज प्mलोरिङ कार्पेट इण्डष्ट्रि, आईएमएस ग्रुपको सहयोग रहेको छ । नेपाली तयारी पोशाक उद्योग संघ, नेपाल जुत्ता उत्पादक संघ, नेपाली युवा उद्यमी मञ्च मेलामा सहयोगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL