Logo

शोरुम विस्तारमा एग्रेशिभ गल्फ लुब्रिकेन्ट, एकैपटक दुई नयाँ शोरुम उद्घाटन

शोरुम विस्तारमा एग्रेशिभ गल्फ लुब्रिकेन्ट, एकैपटक दुई नयाँ शोरुम उद्घाटन



काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले विभिन्न २ स्थानमा शोरुम संचालनमा ल्याएको छ । कम्पनीले उच्च पुर्बी पहाडी भेग चैनपुर, संखुवासभामा र पुर्बी तराई भेग बिर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरुको उद्घाटन गरेको हो ।

laxmi

नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारीक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारीक बिक्रेता साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनी प्रालिको नया शोरुम उद्घाटन गरेको छ । ग्राहकलाई उच्च सेवा प्रदान गर्न र नेपालकै सर्वाधिक बिक्रि हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्यको अनुरुप यो नयाँ शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।

लक्की सप्लायर्स शोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले कार्यक्रमका अध्यक्ष निग्मा डोरेले शेर्माको उपस्थितिमा गरेका हुन् । यस्तै साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनी प्रालिको शोरुम करण चौधरीले सहारा कृषि सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाठकको उपस्थितिमा गरेका हुन् ।

समारोहमा बोल्दै करण चौधरी गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्टसँगै नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड भएको बताए । ग्राहकलाई उच्च सेवा प्रदान गर्ने आफ्नो मूल उद्देश्य रहेको बताउँद्र उनले यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठुलो भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL